प्रचण्ड-नेपाल समूहद्वारा आयोगमा दलको आधिकारिकताका लागि दाबी पेस

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा दलको आधिकारिकताको लागि दाबी पेस गरेको छ । मंगलबार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरु आयोग पुगेर दलको आधिकारिकता पेस गरेका हुन् ।

वरिष्ठ नेता खनालले दुई वटा केन्द्रीय कमिटीको बैठकबाट आफूहरूसँग बहुमत रहेको भन्ने प्रमाणसहित आवश्यक कागजात पेस गरेको जानकारी दिए ।

आयोग पदाधिकारीसँगको भेटपछि खनालले दलको विवाद निरुपण नभई निर्वाचन हुन नसक्ने बताए । उनले भने, ‘हामी नै आधिकारिक हौं भनेर निर्वाचन आयोगमा दाबी पेश गर्यौं, दलहरू नै निर्वाचनका मुख्य खेलाडी हुन्, खेलाडी तयार नपारी निर्वाचन हुन सक्दैन ।’

पार्टी आधिकारिकताको दाबी गर्दै प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरू मंगलवार बिहान निर्वाचन आयोग पुगेका थिए । अध्यक्षद्वय प्रचण्ड, नेपाल, वरिष्ठ नेता खनाल, स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, देव गुरुङ, घनश्याम भुसाल, वर्षमान पुन, राजेन्द्र पाण्डे लगायत नेताहरू आयोग पुगेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *