एजेन्सी । ब्राजिलियन क्लब फ्लुमिनेन्से र इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको सेमिफाइनलमा पुगेका छन् । शनिबार बिहान भएको क्वाटरफाइनल खेलमा पाल्मेइरसलाई २-१ गोलले हराउँदै चेल्सी फाइनलमा पुगेको हो ।
लिंकन फाइनेन्सियल फिल्डमा भएको खेलमा चेल्सीलाई जित दिलाउन कोल पाल्मेरले एक गोल गर्दा एक गोल उपहार पाएको हो । पाल्मेइरसको लागि इस्टेभाओले एक गोल गरे । खेलको १६ औँ मिनेटमै पाल्मेरले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए । ५३ औँ मिनेटमा इस्टेभाओले गोल गर्दै पाल्मेइरसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
८३ औँ मिनेटमा वेभेर्टनले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि चेल्सीले खेलमा अग्रता बनाएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा चेल्सी २-१ गोलले विजयी भएको हो ।
अब चेल्सीले सेमिफाइनल खेलमा फ्लुमिनेन्सेको सामना गर्नेछ । फ्लुमिनेन्सेले गएराति भएको खेलमा साउदी क्लब अल हिलाललाई २-१ गोलले हराएको थियो ।