पछिल्लो २४ घण्टामा मुलुकभर १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा मुलुकभर १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार एक सय १८ जना पुगेका छन्। जसमध्ये सक्रिय संक्रमित २४ सय ८९ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथ्यांक अनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार २९ जनाको मृत्यु भइसकेको छ।

पछिल्लोपटक २६४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६६ हजार ६ सय जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ९७ छ। नेपालमा हालसम्म २० लाख ७५ हजार एक सय ५२ जनाको पिसिआर परीक्षण गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *