एजेन्सी । रियल म्याड्रिड फिफा क्लब विश्वकपको अन्तिम १६ मा पुगेको छ । शुक्रबार बिहान भएको खेलमा साल्ज्बर्गलाई ३-० गोलले हराउँदै म्याड्रिड अतिम १६ मा पुगेको हो ।
भएको खेलमा म्याड्रिडलाई जित दिलाउन भिनिसियस जुनियर, फेडेरिको भाल्भेर्डे र गोन्जालो गार्सियाले समान एक/एक गोल गरे । खेलको ४० औँ मिनेटमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा भाल्भेर्डेले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।
यस्तै ८४ औँ मिनेटमा गार्सियाले गोल गर्दै म्याड्रिडलाई ३-० गोलको जित दिलाएका हुन् । जितसँगै म्याड्रिड ३ खेलबाट ७ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्दा समान खेलबाट ४ अंक जोडेको साल्ज्बर्ग तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
अब म्याड्रिडले अन्तिम १६ मा युभेन्टसको सामना गर्नेछ ।