इरानबाट थप तीन नेपालीको उद्धार

काठमाडौँ । इरानबाट थप तीन नेपालीको उद्धार गरिएको छ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार इरानको मसादबाट बिहीबार बिहान थप तीन जना नेपाली दिल्ली आइपुगेका हुन् ।

उनीहरुलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने दूतावासले जानकारी दिएको छ ।

यसअघि भारत सरकारले इरानबाट बुधबार ४ नेपालीको उद्धार गरेको थियो । त्यस्तै मंगलबार दुई नेपालीको उद्धार गरिएको थियो । योसँगै इरानबाट ९ जना नेपालीको उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *