कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौंडेलले जानकारी दिए ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो ।

थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । परीक्षामा देशभरबाट चार लाख ३३ हजार २ सय ७१ परीक्षार्थी सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *