चितवनद्वारा ६ खेलाडी रिटेन

काठमाडौं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लागि चितवन राइनोजले रिटेन गरेको ६ खेलाडीको सूची सार्वजनिक गरेको छ । चितवनले सोमबार सामाजिक सञ्जालमार्फत रिटेन गरेको खेलाडीको नाम सार्वजनिक गरेको हो ।

टोलीले सार्वजनिक गरेको सूचीमा मार्की खेलाडी तथा कप्तान कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *