काठमाडौँ जिल्लाव्यापी फुटसलमा तारकेश्वर प्रथम

काठमाडौँ । काठमाडौँ जिल्लाव्यापी फुटसल प्रतियोगिताको उपाधि तारकेश्वर नगरपालिकाले हात पारेको छ । काठमाडौँ महानगरपालिका–२६ ले यही असार १ देखि ‘काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुद प्रतियोगिता–२०८२’ आयोजना गरेको थियो ।

प्रतियोगिताको तारकेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिका–५ बीच शनिबार भएको फाइनलमा तारकेश्वरले पेनाल्टीमा २ का विरुद्ध ३ गोल गर्दै उपाधि हात पारेको हो । प्रथम भएसँगै तारकेश्वरले एक लाख ५० हजार नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता काठमाडौँ महानगरपालिका–५ ले ७५ हजार नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र हात पारेको छ । बृहत खेलकुदमा फुटसलसँगै टेबलटेनिस, तेक्वान्दो र कराँतेका दुई विधा गरी पाँच विधामा खेलकुद प्रतियोगिता गरिएको थियो ।

तेक्वान्दो प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय टिमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार र उत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिएको छ । महिला तथा पुरुष टेबल टेनिसतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार प्रदान गरिएको खेलकुद प्रतियोगिताका संयोजक एवम् काठमाडौँ महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठले जानकारी दिए ।

डब्लुकेएफ कराँते प्रतियोगिताको महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ३० हजार, १५ हजार र १० हजार प्राप्त गरे ।

टिम विजेता प्रथम, द्वितीय र तृतीयले क्रमशः ५० हजार, २५ हजार र २० हजार प्राप्त गरे । कराँतेको आईकेयुतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्तले क्रमशः १० हजार, आठ हजार, ६ हजार र पाँच हजार प्राप्त गरेको प्रतियोगिताका संयोजक श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *