काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिका(हाल बहुदरमाई नगरपालिका)का प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई पक्राउ गरेको छ ।
विभिन्न योजनाको स्वीकृत र कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियारले दुवैजनाको ४ वटा मोबाइल पनि बरामद गरेको छ।