काठमाडौ । काठमाडौबाट दुवई जान लागेका एक युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको प्रहरी टोलीले १० लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको छ ।
नेपाल एयरलाइन्सको उडानबाट दुवई जान लागेका कलंकीका आशिष खाती क्षेत्रीलाई श्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनले नेपाली रुपैयाँ कुन प्रयोजनका लागि लान लागेको भन्ने जानकारी दिन नसकेपछि पक्राउ गरी भन्सार विभागमा बुझाएको प्रहरीले बताएको छ ।
