बोन धर्मका प्रतिष्ठित गुरु योङजिन रिन्पोछेकाे सय वर्षको उमेरमा काठमाडाैँमा निधन

काठमाडौँ । बोन धर्मका प्रतिष्ठित गुरु योङजिन रिन्पोछे एक सय वर्षको उमेरमा काठमाडाैँमा निधन भएको छ । काठमाडौँस्थित ठिटेन नोर्वुचे गुम्बाले दिएको जानकारीअनुसार जुन १२ तारिख बिहान पाैने ८ बजे उनकै रिट्रीट निवासमा ध्यानमग्न अवस्थामा निर्वाण प्राप्त गरेका हुन् ।

गुम्बाको तर्फबाट खेन्चेन तेन्पा युङड्रुङ जूनले भनेको छन्, ‘म यो खबर साझा गर्न पाउँदा गहिरो दुःख लागेको छ । तपाईंहरूमध्ये धेरैले पहिले नै सुन्नुभएको होला, हाम्रा प्रिय गुरु, योङजिन रिन्पोछेले जुन १२ तारिख बिहान ७ः४५ बजे आफ्नो रिट्रीट निवासमा ध्यानमग्न अवस्थामा निर्वाण प्राप्त गर्नुभयो । उहाँको निधन शान्तिपूर्ण थियो, प्रेम र बुद्धिको तेजस्वी ऊर्जाले भरिएको थियो ।’

‘हामी धेरै वर्षदेखि उहाँका बहुमूल्य शिक्षाहरू प्राप्त गर्न र यस वर्षको सुरुमा उहाँको १०० औं जन्मजयन्ती मनाउन पाउँदा धेरै भाग्यशाली छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘यद्यपि यो ठूलो क्षति र दुःखको क्षण हो, रिन्पोछेका शिक्षाका अभ्यासकर्ता र अनुयायीहरूको रूपमा, हामीले उहाँको बुद्धि र मार्गदर्शनलाई सम्झनु पर्छ र हाम्रो हृदयलाई अभ्यास र प्रार्थनातर्फ फर्काउनु पर्छ ।’

नेपालमा बोन गुम्बाको स्थापना र बोन धर्मको प्रवर्द्धनमा योङजिन रिम्पोछेको ठूलो योगदान रहेको छ । भाेट विज्ञ लोचवा पुण्यप्रसाद पराजुलीका अनुसार योङजिन रिन्पोछेका सयभन्दा बढी पुस्तक प्रकाशित छन् । उनका अधिकांश पुस्तक ठमेलस्थित बज्र बुक्सले प्रकाशन गर्दै आइरहेको छ ।

चीनको तिब्बतमा गेलुपपछि सबैभन्दा बढी बोन धर्मावलम्बीहरु रहेका छन् ।

रिम्पोछेको अन्त्येष्टि, अनुष्ठान र सम्बन्धित व्यवस्थाहरूकf बारेमा थप जानकारी साझा गराउने पनि विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *