दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहनासहित चार भारतीय नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले दुई करोड भन्दा बढी मूल्यका गहनासहित काठमाडौंबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई करोड १ लाखभन्दा बढी मूल्यका सुन, हिरा तथा पत्थरको गहनासहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको कलकत्ता घर भइ काठमाडौं बस्ने ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय सामुहिम सेख रहेका छन् ।

उनीहरुलाई काठमाडौं महानगर– २२ प्युखा कृष्णचोकस्थित मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी विल भरपाई नभएका सुन चाँदी तथा हिराका गरगहना बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *