आईपीएलमा बैंगलुरु पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरु पराजित भएको छ । शुक्रबार राति भएको खेलमा बैंगलुरु सनराइजर्स हैदराबादसँग ४२ रनले पराजित भएको हो ।

जितको लागि २ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको बैंगलुरुले १९.५ ओभरमा अलआउट हुँदै १ सय ८९ रन जोडेको हो । बैंगलुरुको लागि फिल साल्टले सर्वाधिक ६२, विराट कोहलीले ४३, कप्तान जितेश शर्माले २४, रजत पतिडरले १८ र मायाँक अग्रवालले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

हैदराबादको लागि प्याट कमिंसले तीन, इशान मालिंगाले दुई तथा जयान्त उनाडकत, हर्शल पटेल, हर्ष डुबे र नितेश कुमार रेड्डीले समान एक/एक विकेट लिए ।

यसअघि लखनउमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो । हैदराबादको लागि इशान किशान;ले सर्वाधिक ९४ रन बनाए । यस्तै अभिषेक शर्माले ३४, अनिकित वर्माले २६, हेन्रिच क्लासेनले २४, ट्रेभिस हेडले १४, प्याट कमिंसले १३ र अभिनव मानोहरले १२ रन बनाए ।

बैंगलुरुको लागि रमारियो शेफार्डले दुई विकेट लिँदा भुवनेश्वर कुमार, लुन्गी एनगिदी, सुयश शर्मा र क्रुनाल पाण्डेले समान एक/एक विकेट लिए ।

जितसँगै हैदराबाद १३ खेलबाट ११ अंक जोड्दै तालिकाको आठौँ स्थानमा रहेको छ । समान खेलबाट १७ अंक जोडेको बैंगलुरु तेस्रो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *