अर्जुन मिलनको ‘ओठ तिम्रै गजल’(भिडियोसहित)

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्य अर्थात् अर्जुन मिलनले नयाँ गजल ‘ओठ तिम्रै गजल’ ल्याएका छन् ।

डा. सनतकुमारको रचना, दीपक जंगमको संगीतमा अर्जुन मिलनले गजल ल्याएका हुन् । संवैधानिक कानुनमा विद्यावारिधि गरेका आचार्यले कानुन तथा संविधानबारे विभिन्न पुस्तक पनि लेखेका छन् ।

उनले अहिलेसम्म ३० भन्दाबढी आधुनिक गीत/गजल गाइसकेका छन् । त्यस्तै उती नै संख्याका गीतमा संगीत भरेका छन् ।

उनका हिमालका कुरा गर्यौ, गुराँसका कुरा गर्यौ’, ‘हाँसो कता भाग्यो कुन्नि’ ‘ढिँडो भए हुन्छ मलाई’, ‘फूललाई दुख्यो होला’, ‘एकान्तमा आँसु झार्दै’, ‘ओठ तिम्रै गजल’, ‘जीवनको सार बल्ल’ लगायतका गीत चर्चित छन् ।


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *