दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

काठमाडौं । भारतको आसामबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत उनलाई काठमाडौँ ल्याइएको हो ।

भारतमा पक्राउ परेका उनलाई शुक्रबार बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर हत्कडीसहित भद्रपुरको विमानस्थल पुर्याइएको थियो ।

चैत १५ गते काठमाडौँको तिकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका प्रसाईं र उनको अंगरक्षक दीपक खड्कालाई पक्राउ गरिएको हो ।

प्रसाईं १५ गतेको घटनापछि भारत फरार भएका थिए । प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *