बन्दुकधारीको आक्रमणमा नाइजेरियामा ६ गाउँलेको मृत्यु

नाइजेरियाको उत्तरपश्चिम भागमा पर्ने कुदुना राज्यमा अपरिचित बन्दुकधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा ६ सर्वसाधारणको मृत्यु भएको छ । सरकारद्वारा नियन्त्रित दुई वटा इलाकामा भएको आक्रमणमा परी ६ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका जनाइएको छ ।

बन्दुकधारीहरुले चुकुन र गिवा क्षेत्रका केही समुदायमा ठूलो संख्यामा छापा मारेका राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताए । यस घटनाको अनुसन्धान शुरु भएको अरुवानले बताए । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा वर्षौदेखि अपहरण र अन्य आपराधिक गतिविधिका घटनाहरु व्याप्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *