काठमाडौं । केन्द्रीय तथ्यांक विभागले जनगणनाका २०७८ का लागि गणक तथा सुपरिपेक्षकका लागि दरखास्त आव्हान गरेको छ ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो ।
विभागले आइतबार पत्रकार सम्मेलन गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको जानकारी दिएको हो । विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी दिएको छ ।
करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाई छ ।
२०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेवसाइट www.cbs.gov.np मा गएर भर्न सकिनेछ ।
