प्रधानमन्त्री ओली भगौडा हुन्ः झलनाथ खनाल

काठमाडौं । नेकपाका प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली भगौडा भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले पार्टीबाट आफैं भाग्ने अनि अरुलाई भगौडा भन्दै हिंड्न किन लाज नलागेको ? भन्दै प्रश्न गरेका छन् ।

नेकपामा आफूहरुसँग बहुमत रहेको भन्दै खनालले ओलीले सानो गुट लिएर हिंडेको आरोप लगाए । उनले सर्वोच्च अदालतप्रति पूरा विश्वास भएको र अदालतले संविधान बाहिर गएर फैसला गर्न नसक्ने बताए ।

उनले भने, ‘सर्वोच्चले संसदको पुनःस्थापना गर्छ गर्छ, ढुक्क हुनुस् कमरेडहरु।’ प्रधानमन्त्रीले संसद विघटन राजनीतिक विषय भएको भन्दै बोल्दै हिंडेको भन्दै खनालले संविधान अनुसार प्रधानमन्त्री बनेको व्यक्तिले राजनीतिक विषय भन्दै जथाभावी काम गर्न नपाउने बताए। उनले प्रधानमन्त्री ओलीले संविधान च्यात्ने काम गरेकाले जनताले उनलाई दण्ड दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीको कदमले देश अस्थिरतातर्फ धकेलिएकाले अस्थीरताबाट देशलाई बचाउनका लागि सडकमा आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *