कोपामा मेस्सीबिना बार्सिलोनाको जित

प्रज्जवल थापा । कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोना कोपा डेल रे मा विजयी भएको छ । गएराति भएको खेलमा बर्सिलोनाले तेस्रो डिभिजनको क्लब कोर्नेल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

कोर्नेललाको घरेलु मैदानमा भएको खेल नियमित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ९२ औं मिनेटमा पेड्रीको पासमा ओसुमाने डेल्बेलेले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै १२० औँ मिनेटमा पेड्रीको पासमा मार्टिन ब्राथवेटले गोल गर्दै बार्सिलोनालाई २-० गोलको जित दिलाए । जितसँगै बार्सिलोनाले अन्तिम १६ को टिकट काटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *