सावित्राको ह्याट्रिकमा एपीएफको शानदार जित

प्रज्जवल थापा । स्ट्रार फर्वाड सावित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा नेपाल एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा शानदार शुरुवात गरेको छ । बिहिबार दिउँसो भएको खेलमा एपिएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले समान एक/एक गोल गरे । खेलको १६ औँ मिनेटमा अन्जली योञ्जनको पासमा सावित्रा भण्डारीले गोल गर्दै एपीएफलाई खेलमा अगाडी बढाएकी थिइन् ।

यस्तै २२ औँ मिनेटमा अन्जलीले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । ६२ औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३-० गोलको अग्रता दिलाइन् । ६४ औं मिनेट अनिता बस्नेतले गोल गर्दा एपीएफ सहज जिततर्फ अगाडी बढेको थियो ।

७३ औँ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ८९ औँ मिनेटमा प्रितीले गोल गर्दै एपीएफलाई ६-० गोलको फराकिलो जित दिलाइन् । एपीएफको लागि यो डेब्यु खेल थियो ।

तस्विर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *