एजेन्सी । बार्सिलोना र बायर्न म्युनिख युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बेन्फिकालाई ३-१ गोलले तथा समाग्रमा ४-१ गोलले हराउँदै बार्सिलोना क्वाटर फाइनलमा पुगेको हो ।
घरेलु मैदान इस्टाडी ओलिम्पिक लुइस कोम्पानिसमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई र लामिने यामालले एक गोल गरे । बेन्फिकाको लागि निकोलस ओटामेन्डीले एक गोल फर्काए ।
खेलको ११ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । दुई मिनेटपछि ओटामेन्डीले गोल गर्दै बेन्फिकालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । २७ औं मिनेटमा यामालले गोल गर्दै घरेलु टोलीलाई फेरी खेलमा अगाडि बढाए ।
४२ औँ मिनेटमा राफिन्हाले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ३-१ गोलको अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना खेलमा ३-१ र समाग्रमा ४-१ गोलले विजयी भएको हो ।
अब बार्सिलोनाले सेमिफाइनल प्रवेशको लागि डर्टमण्ड र लिलबीच हुने अन्तिम १६ को विजेतासँग खेल्नेछ ।
यस्तै गएरातिनै भएको अर्को खेलको दोस्रो लेगमा बायर लेभरकुसनलाई ३-० तथा समाग्रमा ५-० गोलले हराउँदै बायर्न म्युनिख अन्तिम ८ मा पुगेको छ । अब बायर्नले क्वाटरफाइनलमा इन्टर मिलानको सामना गर्नेछ । इन्टरले अन्तिम १६ मा फेयेनो