फूटबलको इतिहासमा सार्वधिक गोल गर्ने खेलाडी बने रोनाल्डो

प्रज्जवल थापा । युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो फूटबलको इतिहासमा सार्वधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार राति इटालियन सुपर कप अन्तर्गत फाइनल खेलमा नेपोली विरुद्ध एक गोल गर्दै उक्त किर्तिमान हात पारेका हुन् ।

युभेन्टसले गएराति भएको खेलमा नेपोलीलाई २-० गोल अन्तरले पराजित गर्दै नवौं पटक इटालियन सुपर कपको उपाधी जितेको थियो । युभेन्टसलाई जित दिलाउन रोनाल्डो र मोराटाले एक/एक गोल गरेका थिए । युभेन्टसको लागि रोनाल्डोको यो चौथो उपाधी हो ।

३५ वर्षिय रोनाल्डोले नेपोलीविरुद्ध एक गोल गर्दै फूटबलको इतिहासमा सार्वधिक आधिकारिक गोल गरेका हुन् । यससँगै रोनाल्डोले व्यक्तिगत गोलसङ्ख्या ७६० पुर्याएका छन् । रोनाल्डो भन्दा पछाडी जोसेफ बिकेन ७५९ गोल सहित सार्वधिक गोल गर्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् । यस्तै ब्राजिलियन लेजेन्ड पेले(७५७), रोमारियो(७४३) र लियोनल मेस्सी(७१९) क्रमश: तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।

पोर्चुगिज स्टार खेलाडी रोनाल्डोले स्पोर्टिङ लिस्बोनबाट खेल्दै आफ्नो करियर शुरु गरेका थिए । उनले लिस्बोनको लागि ५ गोल गरेका थिए । यसपछि इङलिस क्लब म्यान्चेस्टर युनाइटेड पुगेका रोनाल्डोले युनाइटेडको लागि २९२ खेलमा ११८ गोल गरेका थिए ।

सन् २००८ मा विश्व किर्तिमानी रकमा स्पेनिस क्लब भित्रिएका रोनाल्डोले क्लबको लागि ४३८ खेलमा ४५० गोल गरेका थिए । त्यसक्रममा उनले चार च्याम्पियन्स लिगको उपाधीपनि जितेका थिए ।

यस्तै सन् २०१८ मा युभेन्टस पुगेका रोनाल्डोले इटालियन क्लबको लागि ८५ गोल गरिसकेका छन् । पोर्चुगलको लागि १७० खेलमा १०२ गोल गरेका रोनाल्डो सार्वधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् । उनी भन्दा अगाडी इरानका अलि दाई १४९ खेलमा १०९ गोल सहित शिर्ष स्थानमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *