न्युकेस्चलमाथि आर्सनलको सहज जित

प्रज्जवल थापा । लण्डन क्लब आर्सनलले न्युकेस्चलमाथि सहज जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले न्युकेस्चल युनाईटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जित दिलाउन पिरे इम्रिक अबामियाङले दुई र बुकायो साकाले एक गोल गरे । आर्सनलले सबै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५० औँ मिनेटमा थोमस पार्टेको पासमा अबामियाङले गोल गर्दै आर्सनललाई खेलमा अगाडि बढाएका थिए ।

६० औँ मिनेटमा इम्रे स्मिथको पासमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ७७ औँ मिनेटमा सेड्रीकको पासमा अबामियाङले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलले खेलमा ३-० गोलको अग्रता लिएको थियो । न्युकेस्चलले आर्सनलको पोस्टमा एउटा गतिलो आक्रमण गर्न सकेन ।

जितसँगै आर्सनल १९ खेलमा २७ अङ्क जोड्दै शिर्ष १० मा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *