वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दोलखाको तामाकोशी गाँउपालिका वडा नम्बर १ स्थायी ठेगाना भइ ललितपुरको महालक्ष्मी नगरपलिका टिकाथली बस्ने ४८ वर्षीय ललित कुमार केसीलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सहकारी ठगी प्रकरण सम्बन्धी मुद्दामा बुधबार बहस सकेर निस्कँदै गर्दा काठमाडौं जिल्ला अदालत परिसरमा अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *