हेलो सरकार ! रोशीमा फेरि क्रसर उद्योग संचालन गर्न किन दिएको ?

केशवप्रसाद भट्टराई ।
हेलो सरकार ! अन्य कुरा त छँदै छन्–रोशीका बगरका ढुङ्गा सवै क्रसर व्यवसायीले सिध्याएपछि बिपी राजमार्गको पुनर्निर्माणको लागि आवश्यक रोडा –ढुङ्गा कहाँबाट ल्याउने होला ? मूलतः काभ्रे र केही भाग सिन्धुली भएर दुम्जामा सुनकोशीमा मिसिने रोशी खोला काठमाडौँ पूर्वको निकै प्रसिद्ध खोला हो । लामो र ठूलो बहाव–आधार क्षेत्रभएको कारण वर्षायाममा यसमा आउने बाढी सधैँ त्रासदीय नै हुने गर्दछ । यो वर्षको दशैँ अघि यो खोलाले बिपी राजमार्ग लगायत वरपरका बस्ती र फाँटमा गरेको विनाश अझै देख्न सकिन्छ । रोशी खोलाको बगरमा ठूलाठूला ढुङ्गा थिए – ती ढुङ्गा आफैँमा प्राकृतिक तटबन्ध थिए, अर्को त्यसले पानीको बेगलाई छेकेर–रोकेर बाढीको प्रकोपलाई कम गर्थ्यो ।

तर रोशीको बगरमा राजनीतिक संरक्षणमा वा राजनीतिक दलका नेता कार्यकर्ताहरूद्वारा संचालित क्रसर उद्योगले रोशीमा ढुङ्गाको जात पनि रहन दिएनन् । आज रोशीले मच्चाएको विनाश लीलामा त्यसको योगदान भएकोमा कसैको दुई मत नहोला । आज पनि रोशीमा त्यस्ता क्रसर उद्योग यथावत संचालनमा आइसकेको देखिन्छ ।

अन्य कुरा त छँदै छन्–रोशीका बगरका ढुङ्गा सवै क्रसर व्यवसायीले सिध्याएपछि बिपी राजमार्गको पुनर्निर्माणको लागि आवश्यक रोडा–ढुङ्गा कहाँबाट ल्याउने होला ? नजिककै रोडा–ढुङ्गा उपलब्ध नभए पछि टाढाटाढा बाट राजमार्ग निर्माणका लागि रोडा ढुङ्गा ल्याउन पर्दा राजमार्ग निर्माणको खर्च कति बढ्ने होला ? यस्तै यस्तै भएर नै नै विकास–निर्माणका खर्चमा ठूलो वृद्धि हुने त होला नि । मुठ्ठीभर मानिसका आर्थिक लाभको लागि मुलुकको जीवन रेखा बनेको महत्वपूर्ण भौतिक पूर्वाधार र हजारौं मानिसको जीविका र जीवनको सवाललाई किन यसरी उपेक्षा गरेको होला ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *