भारतीय नागरिकका लागि मानसराेवर कैलाशकाे तीर्थयात्रा सुचारू हुने

काठमाडौँ । भारतीय तीर्थयात्री र पर्यटकका लागि मानरोबर र कैलायको यात्रा सुचारु हुने भएको छ ।

बेजिङमा बुधबार सम्पन्न चीन र भारतका उच्चस्तरीय नेताहरु सम्मिलित द्विपक्षीय सीमा बैठकमा यो निर्णय गरिएको हो ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डाेभाल र चीनका विदेशमन्त्री वाङ यीले नेतृत्व गरेकाे सीमा वार्तामा उक्त निर्णय गरिएको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुबै देशबीच सहमती भएका ६ बुँदामध्ये चाैथाैँ बुँदमा दुबै पक्षबीच सीमापार अादानप्रदान र सहकार्य गर्न सहमत भएकाे उल्लेख गर्दै भारतीय नागरिकका लागि तिब्बतकाे तीर्थयात्रा सुचारू गर्न दुबै पक्षले प्रबर्द्धन गर्ने जनाइएकाे छ ।

कोरोना महामारीका कारण निषेधाज्ञा लागू भएसँगै चीनले कैलाश मासरोवर यात्राको अनुमति दिन बन्द गरेकाे थियाे ।

महामारीकाे तीन वर्षपछि भारतीयबाहेक तेस्रो देशका नागरिकका लागि मनराेवरकाे यात्रा खुल्ला गरिएकाे थियाे । त्यसकाे फाइदा उठाउँदै तेस्राे देशकाे राहदानी भएका भारतीय मूलका तीर्थयात्री नेपाल हुँदै कैलाश मानसरोवरको यात्रामा जाने गरेका थिए ।

मानसरोवर कैलास जाने अधिकांश भारतीय पर्यटकले नेपाललाई ट्रान्जिट बनाउने भएकोले नेपालका पर्यटन व्यवसायीको लागि यो निर्णयले ठूलो राहत पुर्याउने निश्चित नेपालका पर्यटन व्यवसायीको प्रतिक्रिया छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *