‘मातृभाषाको रूपरेखा’ प्रकाशित

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘मातृभाषाको रूपरेखा’को पहिलो खण्ड प्रकाशित भएको छ । भाषा (मातृभाषा, कोश र व्याकरण) विभागबाट प्रकाशित पुस्तकको सम्पादन विभागीय प्रमुख प्राज्ञ प्राडा योगेन्द्रप्रसाद यादव र डा. कर्णाखर खतिवडाले गरेका हुन ।
पुस्तकभित्र किराँती–कोंइच (सुनुवार) भाषाको रूपरेखा (लाल–श्याँकारेलु राप्चा), कोयी भाषाको रूपरेखा (तारामणि राई), चाम्लिङ भाषाको रूपरेखा (विष्णुसिं राई), दरै भाषाको रूपरेखा (दुबिनन्द ढकाल), दुमी भाषाको रूपरेखा (नेत्रमणि दुमी राई), भुजेल भाषाको रूपरेखा (दानराज रेग्मी), मगर काइके भाषाको रूपरेखा (अम्बिका रेग्मी) र मैथिली भाषाको रूपरेखा (योगेन्द्रप्रसाद यादव) गरी आठ भाषाका रूपरेखा समाविष्ट छन् ।
पुस्तकमा कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, विभागीय प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादवका भूमिका, लेखक परिचय र परिशिष्टमा व्याकरण लेखनको प्रस्तावित ढाँचासमेत समेटिएको छ । पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष, मकालु प्रकाशन गृहको बिक्री कक्षका साथै मुलुकका सातओटै प्रदेशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *