काठमाडौं । विश्वभरमा पाँच करोड ६४ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा पाँच करोड ६४ लाख ५७ हजार सात सय ९४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
हालसम्म विश्वमा आठ करोड एक लाख ९१ हजार पाँच सय ३१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १७ लाख ५६ हजार आठ सय ८४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १९ लाख ७६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म एक करोड ९२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड १२ लाख ५७ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ३८ हजार दुई सय ६३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९७ लाख ३९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४७ हजार तीन सय ७९ जना पुगेको छ ।
नेपालमा हालसम्म दुई लाख ५७ हजार दुई सय जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ४८ हजार दुई सय ९२ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार आठ सय १६ जनाले ज्यान गुमाइसकेका छन् ।
