लसएन्जेल्स । गत साता अमेरिकाको क्यालिफोर्निया स्थित एउटा अस्पतालको वेडमा आफु जस्तै ककोभिड १९ को उपचार गराइरहेका बिरामीलाई अक्सिजन टैंकले ज्यान जाने गरी कुटपिट गर्ने एक ३७ वर्षिय पुरुष विरुद्ध हत्या र घृणामा आधारित अपराध गरेको अभियोग लगाइएको छ ।
लस एन्जेल्स प्रहरीका अनुसार आफ्नो अस्पतालको कोठा सेयर गरेर बसेका ८२ वर्षिय वृद्धले प्रार्थन ागर्न थालेपछि जेस्से मार्टिनेज नामक ती व्यक्ति अचानक सन्केका थिए । त्यसपछि उनले अक्सिजन टैंक उचालेर वृद्ध माथि साँघातिक आक्रमण गरेका थिए ।
पिडितको उपचारको क्रममा भोलिपल्ट मृत्यु भएको थियो । एकले अर्कालाई नचिन्ने तिनीहरु दक्षिणी क्यालिफोर्नियाको एन्टेलोप भ्याली हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । केवल छ साताको अवधिमा नयाँ दस लाख संक्रमित थपिएपछि क्यालिफोर्नियाका अस्पतालहरुले निकै समस्या भोगिरहेका छन् ।
कर्मचारीहरुको ठूलो अभाव व्यहोरिरहेका ती अस्पतलाले सरकारसंग अष्ट्रेलिया देखि ताइवान सम्मबाट थप ३ हजार स्वास्थकर्मी झिकाउन आग्रह गरेका छन् । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले मानिसहरुलाई घरर भित्रै बस्न अनुरोध गरेका छन् भने त्यहाँ अत्यावश्यक नठकरिएका व्यापार व्यवसायहरु बन्द गरिएका छन् ।
कोभिड बिरामीको अस्पतालमा हत्या
