सेनाको हवाई कारबाहीमा अफगानिस्तानमा २१ तालिाबान लडाकूको मृत्यु

अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको नवा जिल्लामा तालिबान लडाकूलाई लक्षित गर्दै सेनाद्धारा गरिएको हवाई कारबाहीमा परी २१ जना मारिएका छन् । नवा जिल्लाको मोमेन खान क्षेत्रमा बुधबार एक सुरक्षा जाँचचौकीमा आक्रमणको लागि आएका तालिबान लडाकूसमूहमाथि हवाई कारबाही भएको जनाइएको छ ।

सैन्य विमानले गरेको यस कारबाहीमा परी २१ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य नौ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीको ठूलो मात्रामा हातहतियारसमेत नष्ट भएको सैनिक स्रोतले जानकारी दएको छ । तालिबान लडाकू समूहले भने यस कारबाहीको केही टिप्पणी गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *