बुटवल । गत मंसिर १७ गते अज्ञात रूपमा हत्या गरिएका गैडहवा गाउँपालिका–६ रूपन्देहीका दिनेश लोधको अवैध यौन प्रकरणका कारण हत्या भएको रहस्य खुलासा भएको छ ।
हत्या गरी रामापुर लुम्बिनी सडक खण्डअन्तर्गत गुलहरिया चोकदेखि करिब १ किमि दक्षिण सोही सडककै किनारमा रहेको परालको टौवामा फालिएको अवस्थामा स्थानीयले २६ वर्षीय लोधलाई फेला पारेका थिए ।
पीडित पक्षले दिएको किटानी जाहेरी तथा पोस्ट मार्टम रिपोर्ट र घटना मितिदेखि अवैध यौन सम्बन्धका कारण निजको परिवार भित्रैबाट हत्या गरिएको प्रहरीको अनुसन्धानले देखिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए ।
हत्या गरिएको लोध आफ्नै नाताभित्रमा अवैध यौन सम्बन्धमा लागेकाले परिवारका मानिसले नियोजित रूपमा मोबाइल फोन गर्न लगाई गाउँबाहिर बोलाएर पछाडिबाट अँध्यारोमा पाइप रिन्चले कन्चटमा प्रहार गरी गम्भीर घाइते बनाएर लुम्बिनी कालोनी सडकछेउमा फाली फरार भएको पारिवारिक स्रोतले दावी गरेको छ ।
अवैध यौन सम्बन्धका कारण हत्या
