सडककिनारमा बम विस्फोट, अफगानस्थानमा प्रहरी प्रमुखसहित सातको मृत्यु

काबुल । अफगानिस्तानमा सडक किनारमा रहेको दुई ओटा बम विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा मारिएका यी व्यक्तिहरुमा राजमार्ग प्रहरी प्रमुखलगायत सात जना रहेका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

अफगानिस्तानको पूवी प्रान्त पार्वानको चरिकार शहरमा स्थानीय समयानुसार सोमबार बिहान १ः३० बजे भएको एक बम विस्फोटमा परी राजमार्ग प्रहरी प्रमुख वाली मोहमदलगात पाँच प्रहरी अधिकारीको मृत्यु भएको प्रन्तीय प्रहरी प्रवक्ता मोहमद हासहिमीले बताएका छन् ।

त्यसैगरी अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसमा तालिबान लडाकू समूहले गरएको बम विस्फोटमा परी दुई सर्वसाधारणको मृत्यु भएको । बाद्घिस प्रान्तको मुकिर जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे सो विस्फोट भएको प्रान्तीय प्रहरी प्रमुख शिर आका अलोकोजाईले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । सडककिनारमा बम विस्फोट गराउने काम तालिबानीलडाकू समूहले बारम्बार गराउँदै आएको प्रहरी अधिकारीहरूले दाबी गरेका छन् ।

अफगानिस्तानमा तालिाबान लडाकू समूहले सुरक्षाबल लक्षित सडककिनार बम विष्फोट र घरेलु बम विस्फोट गर्दै आएका छन् । तर यस्ता घातक हतियारहरूले सर्वसाधारणलाई बारम्बार हानी पुर्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *