काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सात मन्त्रीले राजीनामा दिएका छन् ।
यसरी राजीनामा दिनेमा खानेपानी मन्त्री विना मगर, पर्यटनमन्त्री योगेशकुमार भट्टराई, वन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुषाल, शिक्षामन्त्री गिरिराजमणी पोख्रेल, उर्जामन्त्री वर्षमान पुन र श्रम तथा रोजगार मन्त्री रामेश्वरराय यादव छन् ।
नेकपा अध्यक्ष दाहाल निकट रहेका पूर्वमाओवादी नेताहरू लेखराज भट्ट र रामबहादुर थापा बादललले भने राजीनामा दिएका छैनन् ।
