पार्टी एकतालाई बलियो बनाएर लैजाने बिषयमा ओली-प्रचण्डबीच कुराकानी

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बेला प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

खुमलटारमा ओली र प्रचण्डबीच करिव डेढ घण्टा छलफल भएको थियो । संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने गत बुधबारको सहमति पालनामा प्रधानमन्त्रीले आलटाल गरिरहँदा दुई अध्यक्षबीच शनिबार भेटवार्ता भएको हो । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्को गरी नेताहरु दाहाललाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटमा दुई अध्यक्षबीच पार्टी एकतालाई कसरी बलियो बनाएर लैजाने भन्ने बिषयमा कुराकानी भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए । उनले भेटवार्ताको स्थानमात्र परिवर्तन भएको र कुनै नयाँ बिषयमा छलफल नभएको जानकारी दिए ।

भेटमा उपाध्यक्ष गौतम पनि सहभागी भएका थिए । गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रचण्ड–नेपाल समूहले विशेष अधिवेशन आह्वानको हस्ताक्षर फिर्ता गर्ने सहमति भएको थियो । तर, सहमतिको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । प्रचण्डको दबाब पछि ओली परिषद्को बैठक रोक्न बाध्य भएका थिए ।

यो पनि

प्रधानमन्त्री ओली र प्रचण्डबीच खुमलटारमा एक घण्टाभन्दा बढी छलफल

राजनीतिक भेटघाटमा प्रधानमन्त्री, प्रचण्ड र गृहमन्त्री थापासँग छुट्टाछुट्टै भेटवार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *