मैत्रीपूर्ण खेलमा पोर्चुगल विजयी

एजेन्सी । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले फिनल्याण्डलाई ४-२ गोलले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा रुबिन डियास र डिएगो जोटाले समान एक/एक गोल गरे । फिनल्याण्डको लागि टिमु पुक्कीले दुई गोल फर्काए ।

गएरातिनै भएको अन्य खेलमा इटाली र टर्कीले गोलरहित बराबरी खेल्दा आयरल्याण्डले हंगेरीलाई २-१ गोलले हराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *