नेपालद्वारा नेदरल्याण्ड्सलाई झिनो विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत जारी समूह ‘डी’को खेलमा नेपालले नेदरल्याण्ड्सलाई झिनो विजयी लक्ष्य प्रस्तुत गरेको छ । डाल्लसस्थित ग्राण्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितको लागि १ सय ७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल १९.२ ओभरमा अलआउट हुँदै १ सय ६ रनमा समेटिएको हो । नेपालले लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । उनले ३७ बलमा ५ चौका प्रहार गरे । यस्तै करण केसीले १७, गुलसन् झाले १४ र अनिल शाहले ११ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेदरल्यान्ड्सको लागि टिम प्रिन्गल र लोगान भान बिकले तीन/तीन तथा पाउल भान मेकेरेन र बास डे लिडले समान दुई/दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *