एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट निर्वाचित

स्वर्गद्वारी (प्युठान) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा जिजयविराज विष्ट पुनः निर्वाचित भएका छन् । दशौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी मधुर शर्मा र अजय सिंह रहेका थिए । उपाध्यक्षमा माधव पौडेल, सचिवमा इन्द्रमणि पोख्रेल, उपसचिवमा हिरामणि भण्डारी र इश्वरा आचार्य निर्वाचित भएका निर्वाचन समितिका संयोजक नेत्रबहादुर रोकायले जानकारी दिए । मतदानमा पाँच सय ३९ प्रतिनिधिमध्ये पाँच सय २३ जनाले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *