प्रज्जवल थापा । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का युएईको अबुधाबिमा हुने टि-१० लिगमा दोस्रो पटक अनुबन्ध भएका हुन् । टि-१० क्लब टिम अबुधाबीले पारसलाई इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरेको हो ।
अघिल्लो सिजन अबुधाबीबाट खेलाडीको रुपमा खेलेका खड्का यस सिजन कोचिङ स्टाफमा रहनेछन् । उनले युवा खेलाडीको मेन्टरको रुपमा काम गर्नेछन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पारसले अबुधाबी टिममा नँया भुमिका पाउँदा उत्साहित रहेको बताए । नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यसले सहयोग पुग्नेमा पारस विश्वस्त रहेका छन् ।
