लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (३० ग्राम) सहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ घर भई बस्ने ३६ वर्षीया सपना भुजेल र ४१ वर्षीय कुमार भुजेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “विशेष सूचनाका आधारमा कोटेश्वरस्थित एक रेष्टुराँमा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेका छौँ ।” पक्राउ परेकाको साथबाट प्रहरीले डिजिटल तराजु दुई थान तथा नेपाली नगद रु ५५ हजार समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *