प्रधानमन्त्रीको उपस्थितिमा नेकपाको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक अगाडि दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दुई चरणमा छलफल भएको थियो । छलफलपछि बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पनि सहभागी भएका छन् ।

सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपामा तनाव बढेको छ । अध्यादेश जारीपछि नेकपाका सांसदहरु विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय गएका थिए । दाहाल नेपालसमूहले अध्यादेश फिर्ताको माग गरेका छन् । ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेका छन् । यही तनावकाबीच ढिला गरी स्थायी कमिटी बैठक सुरु भएको हो ।

आजको बैठकमा अध्यादेशकै विषयमा छलफल हुने नेताहरुले बताएका छन् । मंसिर २१ को बैठकमा पनि ओली सहभागी भएका थिएनन् । उनले बैठकमा पेस भएको दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठकको अर्थ नरहने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *