बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

काठमाडौँ । ‘नेपाल टाइम्स’ अनलाइन पत्रिकामा एनआरएन बराइनलाई उद्धृत गर्दै मङ्गलबार प्रकाशित समाचारप्रति बहराइनका लागि नेपाली दूतावासले खण्डन गरेको छ । दूतावासले मङ्गलबार नै एक विज्ञप्ति जारी गरी गलत समाचारको सम्प्रेषणले दुई देशबीचको श्रम सम्बन्धमा असर पर्नसक्ने जनाउँदै समाचारको सत्यतथ्यप्रति सचेत हुन सबैमा अनुरोध गरेको छ ।

गोरखा, म्याग्दी र अर्घाखाँचीका क्रमशः राजकुमार विक, कृष्णबहादुर परियार र डुमबहादुर सुनुवारले नेपालबाट योङजिङ कम्पनीका लागि श्रम स्वीकृत लिएर आई करार अवधि भुक्तानी नहुँदै स्वेच्छाले अन्य कम्पनीमा गएर काम गर्न थालेको केही महिनामै पुनः अर्को कम्पनीमा जान माग गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्को कम्पनीमा जान माग गरेकामा वर्ष दिन नपुग्दै ‘रिलिज’ नपाउने प्रावधानका कारण दोस्रो कम्पनीले आफ्नो स्थानबाट निकालिएकाले निज नेपालीलाई एनआरएनले नेपाली क्लबमा उक्त रात ल्याएर राखेको तथा भोलिपल्ट निजलाई दूतावासले जिम्मा लिएको दूतावासको भनाइ छ । त्यस बखतदेखि नै निजहरूलाई नेपाली क्लबमा झण्डै महिना दिन राखेर कानूनी रीतसमेत पुर्याउन उनीहरुबाट मञ्जुरीनामा र पावर अफ अर्टोनीसमेत दूतावासले लिएको छ ।

उनीहरुले दूतावासमा दिएको उजुरी निवेदनअनुसार विगत दुई महिनाको तलब र अतिरिक्त समयको रकम उपलब्ध गराइदिने भन्ने व्यहोरा रहेको र त्यसका लागि दूतावासले अदालती कारवाही शुरु गरिसकेको पनि दूतावासले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “निजहरूलाई नेपाल जाने टिकट र कोरोना परीक्षण गर्न सहयोग मात्र एनआरएन बहराइनले गरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *