रिपब्लिकन पार्टीका उच्च नेताले वाइडेनलाई दिए बधाई

न्युर्योक । रिपब्लिकन पार्टीका एक उच्च नेता सिनेट मेजरिटी लिडर मिच मक्कोनेलले गत महिना भएको राष्ट्रपति निर्वाचनमा विजयी बनेका जोय बाइडनलाई बधाई दिएका छन्।

इलेक्टोरल कलेजहरूको मतदानले ट्रम्पविरुद्ध बाइडनको जित पुष्टि गरेको एक दिनपछि सिनेटर मक्कोनेलले उनलाई बधाई दिएका हुन्।

आउँदो महिना सिनेटका लागि हुने चुनावी अभियानका लागि बाइडनले जर्जिया राज्यको भ्रमण गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने अझै हार स्वीकार गरेका छैनन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *