अध्यादेशमा कांग्रेसको विमती

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मान्य नहुने भन्दै विरोध जनाएका छन् । सामाजिक सञ्जालमार्फत् सभापति देउबाले त्यसमा नेपाली कांग्रेसको प्रष्ट विमती रहेको बताएका हुन् ।

“उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ,” उनले ट्वीटरमा भनेका छन्, “यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *