हुम्लामा बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाह, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार आयोगले आयोगले चंखेली गाउँपालिका –३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माणको कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमुख शाही, इन्जिनियर रुद्र बहादुर वली,असिस्टेन्ट सव इन्जिनियर हर्कधन बुढा,उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया,सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडी र चंखेली गाउँपालिकाका –३ का तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा निर्माणस्थलको वास्तविक तथ्य बंग्याइ भए गरेको कार्यभन्दा बढी मूल्यांकन गरी नापी किताबमा चढाइ हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरेको नगराएको परिमाणको झुट्टा बिल भर्पाइ तथा कार्यसम्पादन प्रतिवेदन तयार तथा स्वीकृति गरी २ लाख २२ हजार ५०३ रुपैयाँ भुक्तानी दिएको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *