नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर

काठमाडौँ । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने गैरकानूनी रुपमा सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका छन् ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ । तर अदालतले अन्य प्रतिवादीहरूलाई भने सफाइ दिएको छ।

२०७८ सालमा न्यौपानेसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *