भारतमा नेपालको लागातार तेस्रो जित

काठमाडौं । ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेको छ । बुधबार दिउँसो भएको खेलमा नेपालले गुजरातलाई आठ रनले पराजित गरेको हो ।

जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७३ रनमात्र बनाउन सक्यो । गुजरातको लागि रोहित कुमारले ४७ र हर्श देशाईले २९ रन बनाए ।

नेपालको लागि कुशल मल्ल र  सोमपाल कामीले समान दुई/दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ बनाएको थियो । नेपालको सुरुआत उत्कृष्ट रह्यो । दुवै ओनपरले पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे । सुरुआत राम्रो भए पनि नेपाली ब्याटरले फिनिसिङ गर्नबाट भने चुके । पहिलो विकेटका रुपमा नेपालले कुशल भुर्तेललाई गुमायो । उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए ।

अर्का ओपनर मोहम्मद आशिफ शेखले ८५ रनको योगदान दिए । उनले ५१ बल खेल्ने क्रममा पाँच छक्का र १० चौका प्रहार गरे । तर अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् । कप्तान रोहित पौडेलले तीन रन बनाए भने सन्दीप जोराले दुई मात्रै बनाए । कुशल मल्लले एक, गुलशन झाले चार रन बनाए । अनिल शाह शून्यमा आउट भए भने विवेक यादव सात रन र प्रतीस जिसी चार रनमा अविजित रहे ।

गुजरातका लागि जयमित पटेलले तीन विकेट लिए भने आर्या देसाइ र ध्रुशान्त सोनीले दुई/दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *