एकदिवसीय सिरिजमा आयरल्याण्ड उल्भ्सको विजयी शुरुवात

काठमाडौं । एकदिवसीय सिरिज अन्तर्गत भएको पहिलो खेलमा आयरल्याण्ड विजयी भएको छ । बुधबार दिउँसो भएको खेलमा नेपाल ‘ए’लाई २१ रनले हराउँदै आयरल्याण्डले सिरिजमा विजयी शुरुवात गरेको हो ।

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ले २५.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय  ३६ मात्र बनाउन सक्यो । नेपालको लागि शाहाब आलमले सर्वाधिक ३७ रन बनाउँदा देभ खनालले २६, बासिर अहामदले २० रन र रिजन ढकालले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

आयरल्याण्डको लागि मात्थेउ हुम्फ्रेसले पाँच तथा लिएम मकार्थीले चार विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८ दशमलव तीन ओभरमा अलआउट हुँदा एक सय ५७ रन बनाएको थियो ।

सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्डले मध्यमक्रममा सम्हालिने प्रयास गरे पनि अन्तिममा लय गुमायो । उसले पछिल्लो पाँच ओभरमा छ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सक्यो ।

आयरल्याण्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए ।

त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२÷१२ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख रन बनाउन सकेनन् ।

नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई÷दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *