ठगीधन्दा चलाएको आरोपमा वीरगंजबाट तीन चिनियाँ नागरिक पक्राउ

वीरगंज । चीनबाट वीरगञ्ज आएर अनलाइन ठगीधन्दा चलाउने तीन चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्ज महानगरपालिका १५ स्थित फ्ल्याट लिएर चिनियाँ नागरिकहरूले अनलाइन ठगीधन्दा चलाएको सूचना पाएपछि पर्सा प्रहरीले शनिवार साँझ छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय लिलु गुई चाइ, २६ वर्षीय वाङ बोहान र ३६ वर्षीय छिङ झाव छन् ।

साथै १२० थान कम्प्युटर, ३५ थान मोबाइललगायतका विभिन्न उपकरण पनि बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *