प्रभु बैंकको एक करोड ३१ लाख हिनामिना गर्ने शाह पक्राउ

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ मा रहेको प्रभु बैंकको एक करोड ३१ लाख २५ हजार रकम हिनामिना गर्ने आठबीसकोट नगरपालिका ११ राडीका ३१ वर्षीय निरजविक्रम शाहलाई प्रहरीले पक्राउ गरेको छ । प्रभु बैकंका अप्रेशन इन्चार्ज समेत रहेका शाहलाई बिहीबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १४ जमुनाहबाट प्रकाउ गरी शुक्रबार सार्वजनिक गरिएको हो । फरार रहेका शाहलाई बैंकिङ कसूर मुद्दामा पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

उनका अनुुसार शाहले बैंकमा कार्यरत रहँदाको समयमा माघ ७ गते, १७ गते र १९ गते बैंकको शाखा कार्यालयमा रहेको खाताबाट पटक पटक गरेर २९ लाख, ७८ लाख ७५ हजार र २३ लाख ५० हजार रुपैयाँ गरी जम्मा १ करोड ३१ लाख २५ हजार रुपैयाँ अनधिकृत रुपमा अपचलन तथा दुरुपयोग गरेर फरार रहेका थिए ।

शाहलाई पक्राउ गर्नको लागि उच्च अदालत सुर्खेतबाट फागुन १२ गते पक्राउ अनुमती जारी भई आएकोमा प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरी बिहीबार पक्राउ गरेको हो । उनलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *