महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौँ । प्रहरीले महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नम्बर ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा रहेका छन् । प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा साथी बन्ने क्रममा पीडित महिला र थापाबीच म्यासेन्जरमार्फत गोप्य फोटो तथा भिडियो सामग्री एक आपसमा साटासाट भएको थियो ।

सम्बन्ध बिग्रिए पछि थापाले ती फोटो तथा भिडियोलाई पीडितका आफन्त तथा परिवारजनमा पठाई सामाजिक तथा व्यक्तिगत जीवनमा गम्भीर असर हुने कार्य गरी चरित्र हत्या समेत गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *